भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न
Written by Bhanu Poudyal (भानु पौड्याल) Wednesday, 02 June 2010 19:00
नेपाली कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (NCSBC) को आयोजना र नेपाली कल्चरल हेरिटेज फाउण्डेशनका सचिव ऋषि बस्ताकोटीको विशेष सकृयतामा भेनक्युवरमा मे २९ तारीखका दिन २५५४ औं बुद्ध जयन्ती मनाईयो। सोही दिन नेपाली कल्चरल हेरिटेज फाउण्डेशनले भेनक्युवरका सुकुम्वासीहरुलाई खाना खुवाने कार्यक्रम गरेको थियो। भेनक्युवरवाट प्रसारित हुने रेडियो हिमालले बुद्ध र लुम्बिनी सम्बन्धि विशेष कार्यक्रम प्रसारण गरेको थियो जुन Radio Himal मा सुन्न सकिन्छ।
(NCSBC) का अध्यक्ष रत्न कुमार राईले सहमागीहरुलाई स्वागत गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो। आफ्नो स्वागत मन्तव्यमा श्री राईले कापिलवस्तु र लुम्बिनि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान रहेको नेपालका नागरीकहरु, नेपाल संग सम्बन्धित सबै र सिङगै विश्वको गौरव भएको कुरा प्रष्ट पार्नु भयो। श्री राईले लुम्विनी र बुद्धका पिता सुध्दोधनको दरवार रहेको तिलौराकोट कपिलवस्तुको बिकास र प्रचार प्रसार हुनु पर्ने र बिदेशमा रहेका नेपालीहरुले यसमा आफ्नो भूमिका निभाउनुपर्ने कुरासमेत प्रष्ट्याउनु भएको थियो।
रत्न कुमार राईको मन्तब्य पछि लुम्बिनी सम्बन्धि बृत चित्र प्रदर्शन गरिएको थियो। सोहि अवसरमा नेपली बालबालिकाहरुले बुद्धको चित्रमा रङ्ग भरेर र बुद्धका चित्रहरु बनाएर कार्यक्रममा आफ्नो सहभागिता जनाएका थिए। यस् बुद्ध जयन्ती कार्यक्रमकै अर्को अंश यूवा वर्ग बिच निबन्ध प्रतियोगिता रहेको छ। २२ बर्ष मुनिका युवाहरुको ‘बुद्धको विचार, आजको संसार’ (Buddha and Contemporary World") बिषयक निबन्ध प्रतियोगितामा निबन्ध बुझाउने अन्तिम दिन भने जुन १५, २०१० सम्म रहने छ।
सहभागिहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रमको अन्त्यमा अध्यक्ष राई र सचिव अनुपमा राईले चित्रकला अभ्यासका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरेर कार्यक्रमको समापन गर्नु भएको थियो।
यो कार्यक्रम सफल पार्नमा (NCSBC) का अध्यक्ष रत्न कुमार राई, सदस्या हेमी श्रेष्ठ, NRN-NCC क्यानडाकि सदस्या तथा (NCSBC) कि सचिव अनुपमा राई र ऋषि बस्तकोटीको बिशेष सकृयता रहेको थियो भने कपिलवस्तु दिवस अभियानका क्यानडा संयोजक अवि शर्माको सुझाव र सहयोग रहेको थियो।
3rd National Conference
Place: Montreal, Canada
For details click here.
