१९६ औं जन्म जयन्ती
Written by Administrator Sunday, 19 July 2009 03:47
१९६ औं जन्म जयन्ती समारोह भब्य साहित्यिक कार्यक्रम का साथ मनाईयो ।
एन आर एन क्यानडा भाषा, साहित्य तथा संस्कृति समिति तथा नेपाली साहित्य समाज टोरोन्टो को आयोजना मा टोरोन्टो मा 15 जुलाई का दिन आदिकवि भानुभक्त आचार्य को १९६ औं जन्म जयन्ती समारोह भब्य साहित्यिक कार्यक्रम का साथ मनाईयो । सभापति को आसन बाट बोल्दै एन आर एन क्यानडा का अध्यक्ष नबराज गुरुङ ले यस्तो कार्यक्रम ले एकातिर हाम्रो भाषा सस्कृति को रक्षा हुन्छ भने अर्को तर्फ दोस्रो र तेस्रो पुस्ता का वाल वालिका हरु लाई पनि नेपाली भाषा र सस्कृति प्रति उत्प्रेरणा जगाउन मद्दत मिल्छ भन्नु भयो I यसरी तीन पुस्ता एकै ठाउँ मा बसेर आफ्नो देश को भाषा र सस्कृति को बारे मा कुरा गर्न पाउदा आफु लाई निकै खुसि भएको कुरा ब्यक्त गर्नु भयो I भाषा साहित्यका कार्यक्रम विदेशमा आयोजना गरेर नेपाली भाषा लाई अन्तर्राष्ट्रिय स्तर बाट टेवा पुर्याउनु पर्ने कुरा समेत बताउनु भयो I एन आर एन क्यानडा का सचिब गोपी कृष्ण काफ्ले द्वारा संचालित उक्त कार्यक्रम मा उपस्थित सम्पूर्ण महानुभाब हरु लाई एन आर एन क्यानडा भाषा, साहित्य तथा संस्कृति समिति का संयोजक मुक्ति गौतम ले स्वागत मन्तब्य दिदै यस्ता कार्यक्रम हरु अब निरन्तर गर्दै लाने लक्ष रहेको कुरा जानकारी गराउनु भयो I आदिकवि भानुभक्त आचार्य को जीवनी र उहाँ को योगदान बारे बोल्दै एन आर एन क्यानडा का सचिब गोपी कृष्ण काफ्ले ले भानुभक्त ले सरल र मिठो भाषा मा रामायण को अनुवाद गरी नेपाली भाषा लाई लोकप्रिय बनाएको कुरा बताउनु भयो । उहाँ ले भानुभक्त लाई घांसी बाट प्रेरणा मिले जस्तै हामी हरु ले पनि भानु बाट प्रेरणा लिएर नेपाली भाषा को लागि केहि गर्नु पर्ने कुरा व्यक्त गर्नु भयो I कार्यक्रम मा टोरोन्टो मा रहनु भएका कवि तथा कवयित्री हरु ले भानुभक्त सम्बन्धी तथा समसामयिक विषय का आआफ्ना कविता, गीत, गजल तथा हाइकु एवम रामायण को पाठ समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम मा वाल कवि हरु क्रमश अनुसयाना गौतम ,स्वर्णीमा गुरुङ,अयुश्ना श्रेष्ठ अनिश श्रेष्ठ , मेधावी गौतम तथा कवि हरु गोपी कृष्ण काफ्ले ,मुक्ति गौतम नवराज गुरुङ, विश्व बर्मा, मोहन अर्याल, भरत पौडेल, महेशलाल प्रधान, गोपाल भण्डारी कोमल सापकोटा ले कविता वचन गर्नु भयो I तेसै गरि उपस्थित हुन् असमर्थ कवि हरु का कविता हरु लाई पनि वाचन गरिएको थियो I उपस्थित हुन् नसके पनि कविता पठाएर सहयोग गर्ने कवि का रचना लाई क्रमश अमेरिका बाट नविन वैध र टोरोन्टो बाट अनुप न्यौपाने को मुक्ति गौतम ले अस्ट्रेलिया बाट निस्प्रब सजी र टोरोन्टो बाट पशुपति पोखरेल ,चेतनाथ रिमाल को गोपी कृष्ण काफ्ले ले टोरोन्टो बाट प्रिया श्रेष्ठ को प्रभा पौडेल र स्वस्ति अधिकारी ले टोरोन्टो बाट उपमा पौडेल को भरत पौडेल ले कविता वाचन गर्नु भयो । उक्त कार्यक्रम मा 87 बर्सकी बयोब्रिद्द प्रभा श्री गुरुङ , थिर सुब्बा गुरुङ ले मिठो लोक लय मा गीत गाउनु भएको थियो भने उमाकान्त गौतम ले रामायण का मिठा श्लोक हरु बाचन गरी कार्क्रम मा मनोरंजन प्रदान गर्नु भएको थियो I कार्यक्रम मा बसन्ती शर्मा , बिनोद श्रेष्ठ, मान पौडेल, उत्तम माकाजु ,गिरिराज अधिकारी , कमला रुपाखेती जमुना गुरुङ अनु श्रेष्ठ, सुजन अधिकारी, कृष्ण तिम्सिना, आनन्द श्रेष्ठ ले पनि कार्यक्रम लाई रोचक बनाउनु भएको थियो I कार्यकम मा उपस्थित सबै लाई एन आर एन तर्फ बाट दुर्गा अधिकारी ले धन्यवाद दिनु भएको थियो . उहाँ ले रात्री भोज को आयोजक नवराज गुरुङ तथा जमुना गुरुङ को परिवार लाई बिशेष धन्न्यबाद दिनु भयो I
Place: Montreal, Canada
For details click here.
Latest Articles
- Third National Conference of Nepalese in Canada
- Tragic Loss of two Nepalis in Saskatoon
- Nepalese in Vancouver, Canada Interact with the Chairperson of Fundamental Rights & Directive Principle Committee, of Constituent Assembly of Nepal
- Highlights from the 4th Regional NRN Conference in Houston
- भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न
