ब्राम्पटन मा NRN को अन्तर्कृया कार्यक्रम सम्पन्न
LAST_UPDATED2 Written by Gopi Krishna Kaphle Sunday, 08 February 2009 11:10
ब्राम्पटन मा NRN को अन्तर्कृया कार्यक्रम सम्पन्न
NRN क्यानाडा राष्ट्रिय समन्वय परिषद को निर्णय अनुसार क्यानाडा को बिभिन्न शहर मा NRN को अंतर्क्रिया कार्यक्रम हरू सम्पन्न भैरहेका छन i यसै सिलसिला मा ब्राम्पटन मिसीसागा लगायत वरपर का शहरहरु को संयुक्त आयोजना मा एक अंतर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। NRN क्यानाडा समन्वय परिषदका vice-prsedent सुजाता राई को अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सन्चालन परिषद सदस्य पशुपति पोखरेल र स्वागत भाषण केदार बस्नेत ले गर्नु भएको थियो। कार्यक्रममा माहासचिब श्रीजना पन्तले संगठनको गतिबिधी र सदस्यता बितरण का रास्ट्रीय संयोजक दुर्गा अधिकारी ले सदस्यता बाट हुने लाभ का बारे मा यस् का गतिबिधिमा चर्चा गर्नुभएको थियो। सभाका प्रमुख अथिति NRN क्यानाडाका अध्यछ्य नबराज गुरुंग ले NRN ले छाता संगठन को रुपमा काम गर्ने कुरा ब्यक्त गर्नु भयो उहाले अंतररास्ट्रीय गतिबिधि र नेपाली राजदुताबासको आबस्यकताका बिषयमा बोल्नुभएको थियोतेसैगरी अर्का वक्ता .NRN का NCC सदस्य Dr तुलसी धरेल ले dual नागरिकता बाट हुने फाईदा का बारेमा मंतब्य दिनुभएको थियो . NRN का Literature and Culture का National Coordinator मुक्ति गौतमले नेपाली भाषा र सस्कृति लाई जोगाउन NRN ले खेल्नु पर्ने भूमिका र नेपाली समुदायलाई कल्चर केन्द्र को आबस्यकता भएको कुरा औल्याउनु भएको थियो तेसै गरि NCNC का किरण पन्त जनजाति संघ का आंग्बरू शेर्पा मगर सघ का गिर प्रसाद बुढाथोकी नेवा गुठी का बिमलमान श्रेष्ठ ले हामी सदैब NRN लाई निरन्तर सहयोग गर्न तत्पर छौ भन्नुभयो i .
NRN का सचिब गोपी कृष्ण काफले द्वारा संचालित दोस्रो चरण को कार्यक्रम मा नेपाल मा शान्ति का लागि कार्यरत PBI की प्रतिनिधि क्रिस्टल ले नेपाल मा भए का राजनैतिक तथा मानब अधिकार सम्बन्धी PBI को धारणा प्रस्ता पार्नु भएको थियो i तेस पछी कार्यक्रम मा उपस्थित महानुभाब ले राखेका जिज्ञासा लाई
नबराज गुरुंग ले प्रस्ट पार्नु भएको थियो .I उपस्थित सबैलाई ICC का सदस्य चंद्र राइ ले धन्यबाद दिनुभयो कार्यक्रमको अन्तमा सभापतिको आसन बाट बोल्दै सुजाता राइ ले NRN ले निरन्तर रुपमा यस्तै कार्यक्रम गर्ने जानकारी दिनु भयो
Third National Conference of Nepalese in Canada
When: August 14-15Place: Montreal, Canada
For details click here.
Latest Articles
- Third National Conference of Nepalese in Canada
- Tragic Loss of two Nepalis in Saskatoon
- Nepalese in Vancouver, Canada Interact with the Chairperson of Fundamental Rights & Directive Principle Committee, of Constituent Assembly of Nepal
- Highlights from the 4th Regional NRN Conference in Houston
- भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न
