लेकहेड युनिभर्सिटीमा नेपाली प्रदर्शनी

मार्च १५, २०१०, क्यानाडाको लेकहेड युनिभर्सिटीको अन्तराष्ट्रिय सप्ताहको उपलक्ष्यमा उक्त युनिभर्सिटीमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले नेपाली परम्परा र संस्कृति  झल्किने गरी प्रदर्शनी गरे। विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान बुद्धको जन्मथलो लुम्बिनी, प्रकृतिको सुन्दर नगरी  पोखराको फेवाताल र माछापुछ्रे हिमाल अनि काठमाडौंका  मन्दिरहरुको पृष्ठभूमी राखेर सजाइएको स्टलमा नेपाली हस्तकलाका सामाग्रीहरु र नेपाल पर्यटन वर्ष २०११ को   प्रचार सामाग्रीहरु प्रदर्शन गरिएको थियो। नेपाली पोशाकमा सजिएका विद्यार्थीहरुले स्टल अबलोकन गर्न आउनेहरुलाई प्रदर्शनी अबधिभर नेपाल र नेपाली संस्कृतिको बारेमा व्याख्या गरे। नेपाली झन्डा र नेपाली भेषमा रहेका विद्यार्थीहरु सबै दर्शकहरुको आकर्षण रहेको थियो। धेरै दर्शकहरुले नेपाली पोशाकमा सजिएका विद्यार्थीहरुसँग फोटो खिचे। क्यानाडाको अन्टारियो प्रान्तको उत्तर पश्चिमी क्षेत्रमा पर्ने यो युनिभर्सिटीमा पहिलो पटक नेपाली प्रदर्शनी स्टल राखिएकोले स्थानिय स्थानीय टेलिभिजनले नेपाली स्टललाई महत्वका साथ प्रसारण गरेको थियो।   यस्तो कार्यक्रमले  नेपाल र नेपालीहरुबारे जान्ने बुझ्ने मौका  सबैलाई हुने र नेपालको पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने आशा रहेको भनी नेपाली समाज थन्डर बे का अध्यक्ष डा. शैलेन्द्र अधिकारीले बताउनु भयो। साथै हाम्रा वाल-वालिकाहरुले समेत नेपाल बारे जान्ने बुझ्ने मौका पाएकोमा खुशी ब्यक्त गर्नुभयो । गैह्र आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद क्यानाडाका सदस्य तथा  नेपाली समाज थन्डर बे का सचिब कृष्ण हुमागाईंले नेपाली दुतावाश ओटवा र समाजका सबैलाई सहयोगका लागि धन्यवाद दिनुभयो।  आगामी मे महिनामा थन्डर बे महानगरपालिकाले आयोजना गर्ने बहु-साँस्कृतिक कार्यक्रममा पनि समाजको सहभागिता रहनेछ। थप जानकारी को लागि This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा सम्पर्क गर्न हार्दिक अनुरोध छ |
 
शैलेन्द्र अधिकारी
अध्यक्ष, नेपाली समाज थन्डर बे

Thunder Bay Nepali Event nepali event nepali event nepali event

Please click here for more photos